Logo

हरिवंश आचार्यलाई कोरोना सक्रमण



काठमाडौ, २० असोज । वरिष्ठ कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । आज उनले सामाजिक सञ्जाल मार्फत आफू र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

आचार्य दम्पत्तिले सामान्य लक्षण देखिएकाले पिसीआर जाँच गराएका थिए । मंगलवार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । हरिवंशले आफ्नो सम्र्पकमा आउने सबैलाई होम आइशोलेशनमा बसेर निर्धारित समयमा परिक्षण गर्न पनि आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्