नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रिमण्डल पूनर्गठनको विषयले प्रवेश पाएन


काठमाडौं, २० असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे विषयले प्रवेश नपाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार आजको बैठकमा पार्टी एकताको बाँकी काम खासगरी सांगठानिक एकीककरणका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको छ । उनले भने,‘संगठनात्मक कार्ययोजनाको प्रस्तावबारे यसअघिको सचिवालयको बैठकमा निर्धारित विविधको एजेण्डाबारे आज छलफल भयो । यी लगायत संवैधानिक नियुक्तीको विषय र अन्य विषयमा सामान्य छलफल भयो । छिट्टै अध्यक्ष कमरेडले अरु सबै एजेण्डालाई निश्कर्षमा पुर्याउनुहुनेछ ।’

प्रवक्ता श्रेष्ठले भने,‘आजको बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे कुनै छलफल भएन । प्रधानमन्त्रीले यसबारेमा कुनै जानकारी गराउनुभएन । हालै सम्पन्न स्थायी कमिटीको बैठकको निश्कर्ष मन्त्रिमण्डल पूनर्गठन पनि हो ।’ FILE PHOTO/ReportersNepal