Logo

खानेतेलमा १० प्रतिशत र दालमा १७ प्रतिशतसम्म मूल्य बढ्यो



काठमाडौं, असोज २१ । गएको १० दिनयता खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीको मूल्यमा १७ प्रतिशतसम्म मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि खुद्रा बजारमा समेत त्यसको प्रभाव परेर मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ ।

करीब १० दिन अघिसम्म १ सय ५० रुपैयाँ प्रतिलिटर खुद्रा मूल्य विक्री भइरहेको भटमास तेलको मूल्य अहिले बजारमा १ सय ६५ रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ पर्ने सनफ्लावर तेल २ सय रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यसैगरी धारा तोरीको तेलमा प्रतिलिटर २० रुपैयाँले वृद्धि भई खुद्रा मूल्य २ सय २० रुपैयाँसम्म पर्ने गरेको छ ।

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यका अनुसार खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीमा १७ प्रतिशतसम्म मूल्य बढेको छ । बिस्कुट, दालमोठ, सोयाबिन, जामलगायत दैनिक उपभोग्य अन्य वस्तुको समेत मूल्य बढेको छ । दशैंसम्म अझै बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।

‘थोक बजारबाट नै मूल्य बढेर आएपछि हामीले पनि मूल्य बढाएर बेच्नु परेको हो,’ उनले भने ।

करीब १० दिनअघि प्रतिकिलो १ सय २० रुपैयाँ रहेको मसिनो मुसुरोको दालको खुद्रा मूल्यमा करीब १७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ४० रुपैयाँ पुगेको छ । मोटो मुसुरोको दालको मूल्यमा १५ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय २५ रुपैयाँ पुगेको छ । त्यसैगरी मासको दालको मूल्य पनि करीब ७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँ पुगेको छ ।

सेतो केराउको खुद्रा मूल्यमा १० रुपैयाँ वृद्धि भई प्रतिकिलो ७० रुपैयाँबाट ८० रुपैयाँ पुगेको छ । ठूलो ९मौसमी० चनाको मूल्य प्रतिकिलो १ सय ४० बाट १ सय ५० र सानो चनाको मूल्य प्रतिकिलो १ सय २० बाट १ सय ३० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्