Logo

एनआईसी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउदा अर्को निःशुल्क



काठमाडौं, असोज २१ । एनआईसी एशिया रेमिटमार्फत विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना सार्वजनिक भएको छ । उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिने जनाइएको छ ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका तीन सय २६ शाखा, एक सय तीन विस्तारित काउण्टर, ६४ शाखारहित बैंकिङ्ग इकाई एवं १० हजार भन्दा बढी सहायक प्रतिनिधिमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्