Logo

स्मार्टडोको ‘स्मार्ट दशैं अफर’



काठमाडौं, असोज २१ । अनलाइन् मेगास्टोर स्मार्टडोकोले सेलपेको सहयोगमा ‘स्मार्ट दशैं अफर’ सार्वजनिक गरेको छ ।

यस अफरबाट स्मार्टडोकोका ग्राहकले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले बिहान ११ बजेसम्म सामान अर्डर गरेमा त्यहि दिनमा अडर डेलिभरी हुने जनाउँदै कम्पनीले सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानभारी छुट रहेको जनाएको छ ।
ग्राहकले १० हजार भन्दा धेरै थरीका सामान स्मार्टडोको मार्फत किनमेल गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्