Logo

फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज



काठमाडौं, असोज २१ । जीओ अटोमोबाईल्स प्रालि(जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ । फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभीहो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदानगर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपालमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१५ सय सीसी ड्रयागन सीरीजइन्जिन जडिट, १२२ पीएसपावर प्रदानगर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यसै शक्तिलाई प्रमाणित गर्न र यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको छ । ग्राहकले यस योजनामा भागलिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र त्यसपछि सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सकिनेछ । फोर्ड इकोस्पोर्टसंग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिनसकिने छ ।

कम्पनीले यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएनभने ग्राहकले बुकिङ्ग रकमभन्दा दोब्बर रकमफिर्ता पाउनेछन् । सन २०२० माबनेको ईकोस्पोर्ट भारत स्टेज भिआई माआधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ ।

पेट्रोलमा फोर्डको नयाँ तीन सिलिन्डरयुक्त १.५ लिटर टिआइ–भिसिटी पेट्रोल ईन्जिन समावेश छ । पेट्रोल ईन्जिनपाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड एटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको बिएसभिआईमा आधारित १.५ लिटर टिडिसिआई डिजल ईन्जिनरहेको छ जसले एक सय पिएस पावर र २१५ एनएम टर्क प्रदान गर्दछ ।



प्रतिक्रिया दिनुहोस्