Logo

एक्सप्रेस वाईफाई दिन फेसबुकसँग वर्ल्डलिङ्कको सहकार्य



काठमाडौं, असोज २१। इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले पब्लिक वाईफाईका लागि फेसबुकसँग सहकार्य गरेको छ । विभिन्न सार्वजनिक स्थानमा वाईफाई उपलब्ध गराउँदै आएको वर्ल्डलिङ्कले त्यसका लागि फेसबुकसँग सहकार्य सुरु गरेको हो ।

कम्पनीले यसबारे आउँदो बिहिबार पत्रकार सम्मेलनमार्फत आधिकारिक रुपमा जानकारी दिने तयारी गरेको छ । हालसम्म उपलब्ध जानकारी अनुसार वर्ल्डलिङ्कले फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा उपलब्ध गराउन सम्झौता गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्