Logo

सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग



काठमाडौं, असोज २१ । सिद्धार्थ बैंक लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट बैंकका हेड अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्