Logo

माछापुच्छ्रे बैंकको ‘२०-२०’ योजना: २० वर्ष पूरा गरेको अवसरमा २० प्रतिशत क्यास ब्याक



काठमाडौं, असोज २१। स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ट्वान्टी–ट्वान्टी स्मार्ट योजना सञ्चालनमा ल्याएको छ।

चाडवाडमा हुने किनमेललाई ध्यान दिँदै बैंकले डेबिटरक्रेडिट कार्ड र मोबाइल बैंकिङमा क्यासब्याक दिने भएको छ।

माछापुच्छ्रे बैंकका डेबिट र क्रेडिट कार्डवाहकले पीओएस वा इ–कमर्स साइटहरुमा भुक्तानीका साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यास ब्याक हुनेछ।

बैंकको वार्षिकोत्सवका अवसरमा यो योजना २० दिनसम्म सञ्चालन हुने जनाइएको छ। यो स्किममा सहभागी हुन ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नु पर्नेछ।

 



प्रतिक्रिया दिनुहोस्