Logo

पूर्व परराष्ट्रमन्त्री पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा



काठमाडौं, २१ असोज । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेद्वारा लिखित ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक आजबाट बजारमा आएको छ । पुस्तकमा ऐतिहासिक दस्तावेजसहित बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठीसमेत समावेश गरिएको छ ।पुस्तकबारे लेखक

पाण्डे भन्छन्, ‘२००७ सालको परिवर्तनबारे सुनेका वा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैँ संलग्न भएका युवाका लागि पुस्तक रुचिकर र उपयोगी हुन्छ ।’

पाण्डेले पुस्तकमा २००७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक–सामरिक कारण तथा आउन सक्ने परिणाम यस पुस्तकमा समावेश गरेका छन् । पाण्डेको यसअघि प्रकाशित पुस्तक ‘कूटनीति र राजनीति’ निकै चर्चित रहेको थियो । तस्विर : लेखक पाण्डेको ट्विटरबाट



प्रतिक्रिया दिनुहोस्