Logo

शाहिद कपुरमाथि कोरोनाको असर



एजेन्सी, २१ असोज । कोरोना भाइरसले फिल्म उद्योगमा धेरै ठुलो असर परेको छ । महामारीको कारण धेरै महिनासम्म फिल्मका काम रोकिएका छन् । अब भने विस्तारै विस्तारै उद्योग ट्राकमा आउदैछन् । फिल्म निर्मातालाइै धेरै नोक्सान पुगेको छ । सुटिङको क्रममा पनि धेरै सावधानी अपनाउनु पर्छ ।

बलिउड अभिनेता शाहिद कपुरले फिल्म ‘जर्सी’ को लागि धेरै फि कटौती गरेका छन् । वास्तवमा सुर्टिङको लागि निर्माताको धेरै पैसा खर्च भएको र यति धेरै दिन काम रोकिएकोले फिल्मको बजेटमा असर परेको हो ।

शाहिद कपुरले अब काम गर्ने फिल्म ‘जर्सी’को लागि आफ्नो फि कग गर्ने फैसला गरेका हुन्, ताकी फिल्म सजिलै फ्लोरमा जान सकोस् । समाचार अनुसार शाहिद कपुरले यो फिल्मको लागि ३३ करोड रुपैयाँ र नाफामा सेयर लिनेवाला थिए । फिल्म निर्माताले लीड कलाकारहरुलाइृ फि कम गर्न आग्रह गरेपछि शाहिदले आफ्नो फि घटाएका हुन् ।

अब उनले ३३ करोड नलिएर २५ करोड रुपैयाँ मात्र लिनेछन् । उनले ८ करोड रुपैयाँ कम गरिदिएका हुन् । तर फिल्मको नाफाको सेयरमा भने उनले केही परिर्वतन गरेका छैनन् । फिल्ममा शाहिदको अपोजिट मृणल ठाकुर देखिनेछन् । यो साउथ सुपरहिट फिल्म जर्सीको हिन्दी रिमेक हो । फिल्ममा शाहिदले क्रिकेटरको रोल निभाउनेछन् । फिल्मको निर्देशन गौतम तिन्नानुरी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्