Logo

यी युवतीलाई मृत्युबारे जानकारी, यसरी गरिन् तयारी



कसैको मृत्यु कहिले, कहाँ र कसरी हुन्छ कसैलाई थाहा हुँदैन । पुर्खाहरुले मर्नको लागि धेरै तपस्या गर्थे भनिएको छ । हाल फिलिपिन्समा एक खबर आएको छ जसको कारण सबै मानिस दंग परेका छन् । त्यहाँकी मोडल र विद्यार्थी राचीन परंगुटालाई आफ्नो मृत्यु कहिले हुन्छ भन्ने थाहा थियो । त्यसैले उनले पहिले देखि नै सबै तयारी गरेकी थिइन् ।

२० वर्षकी राचीन धेरै सुन्दर थिइन् । आफ्नो करियर र जीवनमा भर्खरै सुरु गरेकी थिइन् । त्यतिबेला नै उनलाई आस्टिओसार्कोमा नामको क्यान्सर भएको थियो । यस रोगले मानिसहरुको हड्डीमा असर गर्छ । तर उनलाई आफुसँग धेरै समय बाकी नरहेको थाहा थियो । मर्नु भन्दा पहिले नै सबै इच्छा पुरा गर्न चाहान्थिन् । उनको अन्तिम इच्छा फ्युनरलमा धेरै राम्री देखिनु थियो ।

राचीनले मरेपछि सेतो टप र कपालमा फुलको क्राउन लगाउन चाहान्थिन् । उनले आफ्नो इचछा आफन्तहरुसँग सेयर गरेकी थिइन् । जब उनको रोगको कारण मृत्यु भयो तब उनका आफन्तले उनले भने अनुसार इच्छा पुरा गरिदिए । उनको फ्युनरल फोटो मानिसहरुले सेयर गरेका थिए । राचीनलाई निकै राम्री बनाइएको थियो ।

उनको अर्को इच्छा पनि थियो, जसमा राचीनको शरीर पिताको कब्रको बगलमा बस्ने । तर जग्गा कमीको कारण पिताको चिहान नजिक नभएर ठिक माथि राखिदिए । राचीनले यति सानो उमेरमा मृत्युलाई हाँसी हाँसी स्विकारेर दुनियाबाट बिदा भइन् । जीवनको आखिरी समयमा आफ्ना सबै इच्छा पुरा गरेर गइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्