Logo

मानिस जस्तै देखिने कुकुर, सामाजिक सञ्जालमा भाइरल



जनावर जस्तो वफादारी मानिस पनि हुन सक्दैन । जनावर मध्ये पनि कुकुर सबैभन्दा वफादार हुन्छ । जनावर मध्ये कुकुरले मानिसको दिल जितेको छ । कुकुर कुकुर जस्तै हुन्छन् तर आज हामी मानिसको अनुहारसंग मिल्ने कुकुरको बारेमा चर्चा गर्दैछौ ।

सामाजिक सञ्जालमा एक यस्तो कुकुर भेटिएको छ जसको अनुहार कुनै मानिसको जस्तो देखिन्छ । यस आश्चर्यलाग्दो कुकुरलाई हेर्न एक समुह मालिकको घरमा पुगे । कुकुरको नाम योगी हो । योगी अमेरिकाको मैसचुसिट्समा आफ्नी मालिक्नि चैन्टल डेसजार्डिनको साथमा बस्ने गर्छ । चैन्टलले एकदिन कुकुरको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । उक्त फोटो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । सामाजिक सञ्जालबाट योगीको अनुहार एक कलाकारसँग मिल्ने कुरा बाहिरियो ।

कुरा जे भएपनि योगी चर्चित हुनमा सहयोग भने पुग्यो । योगी भन्दा पहिला एक बिरालो मानिससँग अनुहार मिलेकोले निकै चर्चा कमाएको थियो । बिरालोको टाउको देखि आँखासम्म एक मानिसको झलक प्रष्ट रुपमा देखिन्थ्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्