Logo

फ्रान्सेली र अमेरिकी वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार



एजेन्सी, २१ असोज । रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जीन सम्पादन प्रविधिको उपकरण आविष्कार गर्ने दुई वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार छनोट गर्ने दी रोयल स्वीडिस एकेडेमी अफ साइन्सले फ्रान्सकी इमानुयले कारपेन्टियर र अमेरिकी जेनिफर ए. डुडनालाई पुरस्कार प्रदान गर्ने घोषणा बुधबार गरेको हो ।

एकेडेमीका अनुसार दुवै वैज्ञानिकले जीन प्रविधिको उपयुक्त उपकरण ‘द सीआरआइएसपीआर/क्यास ९ जेनेटिक सिजर’ को आविष्कार गरेका हुुन् । उनीहरुले जेनोमी सम्पादनको विधिको विकास गरेको जनाइएको छ । यो विधिले जनावर, वरुवा र सुक्ष्मजीवहरुको डिएनएलाई परिवर्तन गर्न सक्नेछ ।

कारपेन्टियर र डुडना मेरी क्युरी र फ्रान्सेस आरनल्डसँगै रसायनशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने छैठौं र सातौं महिला बनेका छन् । दुवै वैज्ञानिकले स्वर्ण पदक सँगै ११ लाख अमेरिकी डलर संयुक्त रुपमा प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्