Logo

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्स बिच सम्झौता



काठमाडौं, असोज २२  । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । सम्झौता अनुसार बैंकलेलक्ष्मी कमर्सियलबाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशत सम्म कर्जा सुविधा दिने जनाइएके छ ।

उक्त सुविधा बैंकका देशभर रहेको शाखाहरुबाट लिन सकिने छ । हाल बैंकले ९१ शाखाहरुबाट बैंकिङ सेवा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्