Logo

आइएमई पे बाटै राजश्व बुझाउन सकिने



काठमाडौं, असोज २२ । ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आईएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्