Logo

इटालीमा बेपत्ता भएका उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा भेटिए



एजेन्सी, २२ असोज । इटालीमा दूई वर्ष अगाडि बेपत्ता भएका उत्तर कारियाका शीर्ष कुटनितिज्ञ दक्षिण कोरियामा बसोबास गर्दै आएको खुलेको छ । शीर्ष कुटनितिज्ञ जो सोंङ गील र उनकी श्रीमती सन् २०१८ मा इटलीमा रहेको उत्तर कारियाली राजदूतावासबाट हटेपछि उनीहरु हराएका थिए ।

त्यतिबेला उनी दूतावासमा कार्यवाहक राजदूतका रुपमा रहेका थिए । विगत दूई वर्षदेखि हराएका यस साता दक्षिण कोरियाका सभासद हा टा केउंगले उनीहरु सन् २०१९ मा दक्षिण कोरियामा देखेको पुष्टि गरेका छन् ।

दक्षिण कोरियाका सभासदले आफ्नो सामाजिक सञ्जालमार्फत मंगलबार दिएको जानकारी अनुसार उत्तर कोरियाली राजदूत गत वर्ष जूलाईमा दक्षिण कोरिया प्रवेश गरेका थिए । उनी अहिले दक्षिण कोरियाली सरकारको निगरानीमा छन् । शीर्ष कुटनीतिज्ञको विषयमा उत्तर कोरियाको तर्फबाट कुनै पनि टिप्पणी नआएको स्वष्ट पारिएको छ । दूई वर्ष देखि हराएका शीर्ष कुटनीतिज्ञको मूत्यु भएको ठानिएको थियो । इटलीमा रहेको उत्तर कोरियाली राजदूतावास तत्काल राजदूत विना रहेको जनाइएको छ । कुनै पनि व्यक्ति उत्तर कोरियामा दोषी प्रमाणित भए उनको सम्पूर्ण परिवारलाई सजाय दिइने चलन रहेको छ ।

तत्काल उनको दूई बच्चाहरुलाई उत्तर कोरियाका नेता किज जोङले बन्धकको रुपमा राखेका छन् । वितगको तथ्यांक हेर्दा दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेको ३२ हजार व्यक्तिलाई सन् १९९८ देखि अहिलेसम्म स्वागत गर्दौ संरक्षण गरिरहेको छ । उत्तर कोरियाका दोषीलाई दक्षिण कोरियाले संरक्षण गरपनि जोखिम उत्तिकै हुने गर्दछ । प्रायः जसोलाई राजगारीको समस्या निम्तिने गर्दछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्