Logo

पाँच वर्षपछि हनी सिंह अब्राहमको फिल्ममा आए



एजेन्सी, २२ असोज । हनी सिंह पछिल्लो वर्षदेखि संगीतबाट हराएका छन् । २०१४ मा फिल्म रागिनी एमएसएम २ को गीत चार बोलत वोडका गीत गाएपछि उनी एकाएक हराएका थिए । २०१८ मा सोनुको टिटु की स्वीटीमा दिल चोरी गीत गाएका थिए । गीत अत्यधिक हिट पनि भयो, तर उनी फेरी गायब भए । भारतीय समाचार अनुसार सन्जय गुप्ताको आउने गैगस्टार ड्रामा फिल्ममा मुम्बई सागाबाट हनीले फेरि कम ब्याक गर्दैछन् ।

मुम्बई सागामा जोन अब्राहम, इमरान हाशमी, सुनील शेट्टी, महेश जस्ता बलिउड कलाकार देखिनेछन् । यो फिल्म ८० दशकमा मुम्बईमा फैलिएको मिल माफियामा आधारित हुनेछ । यसको साथै यस फिल्मबाट बम्बईको नाम कसरी मुम्बई राखियो त्यो पनि पत्ता लाग्नेछ ।

सामाजिक दुरी कायम गर्दै सबै स्वास्थ्यका सावधानी अपनाएर २ दिनसम्म गीतको सुटिङ्ग गरिएको थियो । हनी सिंहले बलिउडमा केही सुपरहिट गीत दिएका छन् । जस मध्ये फिल्म चेन्नईमा शाहरुख खानले नृत्य गरेको लुंगी डान्स, ब्लु हे पानी पानी, सनी लियोनीका साथमा चार बोतल भोड्का जस्ता सुपरहिट गीत गाएका छन् ।

सुरुमा सन्जय गुप्ताले अभिनेता सन्जय दत्तसँग केही फिल्म बनाएका थिए, पछि दुईजनाबीच केही कारणले मतभेद आएपछि उनीहरुको दोस्ती टुटेको थियो ।



प्रतिक्रिया दिनुहोस्