Logo

शिक्षा क्षेत्रमा साझा प्रयास जरुरी



काठमाडौं, असोज २३ । कोरोना भाइरसको सङ्क्रमणले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा शिक्षा क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्दै त्यसको समाधानका लागि साझा प्रतिबद्धताका साथ प्रयास अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ । नेपालले बिहीबार आयोजना गरेको सार्क क्षेत्रका आठवटै देशमा शिक्षामन्त्रीहरूको भर्चुअल बैठकमा क्षेत्रीय स्तरको सहकार्य प्रवद्र्धनमा जोड दिइएको हो ।

बैठकको अध्यक्षता गर्दै नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस जस्ता महामारीबाट बचेर क्षेत्रीय सहकार्य र सहयोगलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने नै अहिलेको मुख्य चासोको विषय रहेको बताए ।

यस खालको सङ्क्रमणसित जुधेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नुपर्नेमा नेपालले जोड दिएको छ ।

बैठकमा नेपालको तर्फबाट आफ्नो धारणा प्रस्तुत गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कोरोना भाइरसपछिको नेपालको शिक्षाको अवस्था र सङ्क्रमणको अवस्थामा गरिएका शैक्षिक प्रयासका बारेमा जानकारी गराएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्