Logo

भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना “बेन्तो” नेपाली बजारमा



काठमाडौं, २३ असोज । होक्काइदो रामन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना “बेन्तो” नेपाली बजारमा ल्याएको छ । होक्काइदो रामन हाउसले भनेको छ,‘हामीले भाटभटेनी सुपरमार्केटमा बिक्री गर्न ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्दछौ । तरकारीहरू आफ्नै बारीमा फलाउँछौं र अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त हाम्रा स्टाफहरूले विशेष ध्यान पु¥याइ छानेका हुनेछन् । हाम्रो बेन्तो हाम्रो आफ्नै सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार गरिन्छ ।’

आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाइ ५ विभिन्न किसिमका हुने कम्पनीले जनाएको छ । उसले अघि भनेको छ,‘र, भाटभटेनी सुपर मार्केटको इतिहास बोकेको पहिलो स्टोर (नक्सा भाटभटेनी) मा उपलब्ध हुनेछ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताउनु हुन्छ । हामीले जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै हाम्रा ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्नेछौं । हामी भाटभटेनी सुपरमार्केटको साथै हातेमालो गर्दै बजारमा आइसकेका छौं बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्सलाई तपाईंहरूलाई साथ दिन्छौं ।’

“बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।

विज्ञप्तीमा भनिएको छ,‘हामी होक्काइडो रामेन हाउसको मूल उद्देश्य भनेको नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु हो । यसैले हामीले जापानको होक्काइडोको धेरै ठाउँमा ‘विस्तारै बिस्तारै’ भन्ने नेपाली रेष्टुँरा चलाइरहेको छौं । यसै सिलसिलामा हामी जापानको ‘बेन्तो’ संस्कृति नेपालमा हुल्ने प्रयास गरिरहेको छौं । हामीलाई लाग्छ बेन्तो संस्कृति आजको नेपालको लागि समय सान्दर्भिक छ । किनभने हामीहरू शहरी जीवनमा धेरै व्यस्त हुन थालिसकेका छौ । हामी स्वास्थ्यप्रति धेरै सचेत भइसकेको छौं र विदेशी परिकार विशेषतः जापानी परिकारप्रति आकर्षित भइरहेका छौं ।’

 



प्रतिक्रिया दिनुहोस्