Logo

सुन जस्तो देखिने पहेंलो धातुसहित पक्राउ



दाङ, २३ असोज । सुन जस्तो देखिने पहेंलो धातु समेतको धनमाल सहित बिहीबार ३ जना पक्राउ परेका छन् । लमही नगरपालिका अमिलियाबाट १ हजार ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद तथा अन्य धनमाल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिकाका सम्मान कुमार श्रेष्ठ, सुवाश श्रेष्ठ र रुपन्देही बुटवलका किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले प्रदेश ३–०१०२३ च ३२६१ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार सम्मानले लगाएको जुत्ताको तलुवामा लुकाई छिपाई राखेको ५ सय ग्रामका २ थान गरी जम्मा १ हजार ग्रामको उक्त बस्तु फेला पारी कारका चालक सुवाश श्रेष्ठ र कारमा सवार ती किशोरलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ ।

साथै प्रहरीले सम्मानको साथबाट नेपाली ६० हजार रुपैयाँ, १ थान सुनको जस्तो देखिने सिक्री, १ थान मोबाइल, १ थान घडी सुवाशको साथबाट नगद १२ हजार २ सय ५० रुपैयाँ, २ थान मोबाइल, १ थान घडी तथा किशोरको साथबाट नगद १ हजार १ सय २० रुपैयाँ र १ थान चाँदी जस्तो देखिने सिक्री समेत बरामद गरेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्