Logo

एकजना पनि पुरुष नभएको गाउँ



हामीले समाजमा प्रायः देखेका छौ, जहाँ पुरुषले घर चलाएको वा पुरुष परिवारमा हुनु अत्यन्त्य जरुरी हुन्छ । तर कोलम्बियामा एक यस्तो गाउँ छ जहाँ एक जना पनि पुरुष छैनन् । त्यहाँ महिलाले नै घर चलाउँछन् र बाल बच्चाको हेरविचार पनि गर्छन् ।

कोलम्बियामा ला–पुरिया गाउँका पुरुषहरु सिविल वारमा मारिएका थिए । त्यो समयदेखि घर परिवारको पालन पोषण सबै महिलाहरुले गर्दै आएका छन् । महिलाहरु खानाको खोजीमा जंगल जान्छन् र फलामको हतियारले खानाको खोजी गर्छन् ।

घर चलाउनको लागि महिलाहरुले खेतीको काम गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै आएका छन् । कोलम्बियाको उत्तर–पुर्वमा अवस्थित गाउँमा महिला र बच्चामात्र गाउँमा रहन्छन् ।

गाउँका केही पुरुषहरु सिविल वारमा मारीएका थिए । भने कोही सेनामा भर्ती हुन गएका थिए । हाल परिवारको सबै सदस्यलाई खानाको व्यवस्था गर्न, सिकार गर्न र खेती गर्ने सम्पुर्ण कार्य महिला र बालबच्चामा निर्भर हुने गरेको छ । सिकार गर्न महिलाहरुले बच्चाहरुलाई पिठमा बोकेर लैजान्छन् ।

एक महिलाको अनुसार कति महिलामाथि बलात्कार भएकाले केहि बच्चाको जन्म पनि भएको छ । यस्तो जीवन जिउँदा पनि कोलम्बियाको सरकारले यो गाउँमा केही सहयोग गर्न सकेको छैन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्