Logo

सरकारसँग वार्तारत डाक्टर केसी पक्षधरले भन्यो : चार बजेसम्म वार्ता नभए अन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्छौं



काठमाडौं, २३ असोज । अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट सरकारसँग वार्तारत टोलीले आज चार बजेसम्म वार्ता नभए आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने अल्टिमेटम दिएको छ । केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले आफूहरुले आजै चार बजेसम्म वार्ता गर्नको लागि सरकारी प्रतिनिधिलाई समय दिएको सुनाए । आफूहरुले दिएको समयसम्मपनि वार्ता नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने क्षेत्रीले जनाए । विभिन्न ६ बुँदे माग राखी डा. केसी अनशन बसेको आज २६ दिन भएको छ । हिजो साँझ दुवै पक्षबीच अवेर रातिसम्म वार्ता भएको थियो । उनीहरुबीचको वार्तामा सहमतिको खाकासमेत बनिसकेको छ । उक्त खाका प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुर्याईएको छ ।



प्रतिक्रिया दिनुहोस्