Logo

अधिवक्ताद्धय घिमिरे र सिटौलाले जालसाँझी गरेर करोडौंको सम्पत्ति हत्याएको भन्दै सर्लाहीका छठुराय यादव मिडियामा (भिडिओसहित)



काठमाडौं, २३ असोज । सर्लाही चकरघट्टा गाउँपालिका वडा नम्बर ९ का स्थायीवासिन्दा छठुराय यादवले आफूलाई काठमाडौंमा रहेको संयुक्त ल फर्मका रामप्रसाद घिमिरे र धर्मराज सिटौलाले किर्तेगरि करोडौंको अचल सम्पत्ति हत्याएको गम्भीर आरोप लगाएका छन् । आज (शुक्रबार) अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको अयोजना गरेर यादवले यस्तो बताएका हुन् ।

यादवले अधिवक्ता घिमिरेसँग आफ्नो पूरानो चिनजान भएको उल्लेख गर्दै सुनाए,‘उहाँहरुसँग मेरो भेटको उद्देश्य चाहीँ काठमाडौंको गोलढुंगा गाविसको वडा नम्बर एक ‘ग’ मा रहेको भैरवकर शाक्यसँग मैले २०६० साल असोज २ गते १२ लाख रुपैयाँमा किनेको पाँच रोपनी पाँच आना एक पाई (मोही लागेको) र सो लिखत रामप्रसाद घिमिरेले लेखि साँक्षी भएको, त्यही जग्गा छुट जग्गा दर्ताको लागि मैले घिमेरेजीलाई मालपोत कार्यालयबाट दर्ता गर्नको लागि खाली कागजमा मेरो हस्ताक्षरसहित दुई÷चार प्रति दिएको थिएँ ।’ यादवले आफूले दुवै अधिवक्ता घिमिरे र सिटौलालाई नै आफ्नो तर्फबाट कानूनी परामर्श दिनेगरि सहमति गरेको र सोहीअनुसार सेवा शुल्कसमेत दिएको सुनाए ।

आफू सर्लाही फर्किएको बेलामा अधिवक्ताद्धय घिमिरे र सिटौलाले आफूविरुद्ध षड्यन्त्र रची आफ्नो बहुमुल्य जग्गा हत्याउनेगरि चाल चालेको र आजको दिनमा आईपुग्द उक्त जग्गा हत्याउन सफल भएको आरोप लगाए । उनले त्यतिवेलाको घट्ना यसरी स्मरण गराए,‘म सर्लाही गएको बेलामा अधिवक्ताद्धय घिमिरे र सिटौलाजीले जालसाँझी र किर्ते गरि मैले छुट जग्गा दर्ताको लागि छोडेको खाली कागजको हस्ताक्षरलाई दुरुपयोग गरि मैले सिटौलाजीको श्रमीती राधा खरेलसँग एक करोड ५० लाख ऋण लिएको भनि किर्ते काम गरेका रहेछन् । र, उल्टै मविरुद्ध ऋण असुलीको लागि मुद्दा दर्ता गराए । म सर्लाहीमै रहेको अवस्थामा र जुन दिन मैले उनीहरुसँग ऋण लिएको मिति देखाईएको छ, त्यो मितिमा म सर्लाहीको बेलही गाविसमा नासु पदमा रही कार्यररत थिएँ । तर, सिटौलाजीले म भक्तपुरमा भएको देखाएर किर्ते कागज गरेका रहेछन् । र, सिटौलाले मविरुद्ध किर्ते काम गरे। तर, उल्टै मेरो काठमाडौंको जग्गा हत्याउनको लागि यस्तो प्रपञ्च गरेको प्रष्टै थियो ।’

भक्तपुरबाट आफूविरुद्धको म्याद सर्लाही २०७१ भदौ ९ गते (बेपत्ता तामेली) मा पठाईएको र २०७१ साल भदौ १२ गते सर्लाही जिल्ला अदालतमा प्रतिवेदन साथ बेपत्ता म्याद दाखिल गरिएको सुनाउँदै यादवले भने,‘र, त्यही दिन सर्लाहीबाट भक्तपुर जिल्ला अदालतमा फ्याक्समार्फत प्रतिवेदनसाथ म्याद दाखिल भयो । र, १२ गते नै मानबहादुर कार्कीले प्रत्युत्तर दर्ता गराएको रहेछ। र, भदौ १८ गते नै भक्तपुर जिल्ला अदालतले डेढ करोडको मुद्दा फैसला सुनायो । यी सबै प्रपञ्च मेरो जग्गा हडप्नको लागि थियो । र, यसमा सिटौलाजीले सबै कर्मचारीदेखि अदालतसम्म मिलाएको बुझियो ।’

आफूविरुद्ध षड्यन्त्र भएको र ठगी गर्न खोजिएको थाहा पाएपछि २०७१ माघ १४ गते भक्तपुर जिल्ला अदालतमा धरौटी अपिल र किर्ते जालीसाँझी मुद्दा दर्ता गराएको यादवले सुनाए । उनले आफूले मुद्दा दर्ता गराएको ९ दिनपछि नै सम्मानित भक्तपुर जिल्ला अदालतले किर्ते जालसाँझी मुद्दा खारेजी गरिदिएको सुनाए । उनले आफूले जिल्ला अदालत, भक्तपुर, पूनरावेदन अदालत, ललितपुर र सर्वोच्च अदालतमा उक्त मुद्दामा लड्नको लागि मौका नै नपाएको गुनासो पोखे । सिटौलाले आफ्नो बहुमुल्य सम्पत्ति हडप्नको लागि सबैतिर सेटिङ मिलाएकोले आफूले न्याय नपाएको उनको दुःखेसो छ ।

यादवले काठमाडौंमा रहेको आफ्नो जग्गा सिटौला र घिमिरेले मिलेर जालसाँझी गरेर खाएको र सर्लाहीमा रहेको अचल सम्पत्तिमा समेत रोक लगाएको सुनाए । जालसाँझी गर्नेहरुमाथि सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको माग छ । पत्रकार सम्मेलनमा पीडित यादव र उनका छोरा राकेश कुमार यादवको उपस्थिति थियो । कार्यक्रममा यादव बुवा–छोराले राखेको कुराको पूरा भिडिओ जस्तोको त्यस्तै :

 



प्रतिक्रिया दिनुहोस्