सरकारी प्रतिनिधि र डाक्टर केसीका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता सुरु


काठमाडौं, २३ असोज । सरकारी प्रतिनिधि र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच अहिले ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा सुरु भएको छ ।

आज विहानै वार्ता गरेर सहमति खोज्ने भनिए पनि सरकारी वार्ता टोली दिनभर आन्तरिक छलफलमा व्यस्त भएपछि केहीबेरअघि वार्ता सुरु भएको हो । आजै केसी र सरकारबीच सम्झौता गरेर सत्याग्रह टुङ्ग्याउने प्रयास भइरहेको छ ।

शिक्षा मन्त्रालयमा जारी वार्ताले सहमति जुट्ने विश्वास लिइएको छ ।

विभिन्न ६ बुँदे माग राखेर डाक्टर केसी २६ दिनदेखि अनशनमा छन् । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम