काठमाडौं, २३ असोज । अनशनरत डा. गोविन्द केसी पक्षधर र सरकारी पक्षबीचको शुक्रबार रातिको वार्ता बिना निश्कर्ष टुँग्गिएको छ । २६ दिनदेखि अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार उदासिन बनेको केसीका तर्फबाट वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीको आरोप छ ।
उनले सरकारी पक्ष डा. केसीको जीवन रक्षाको लागि गम्भीर नबनेको टिप्पणी गरे । हिजो अवेर रातिसम्म भएको वार्तामा दुवै पक्षबीच सहमतिको खाका तयार गरिएको थियो । उक्त खाका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हिजै राति पुर्याईएको र आज सहमति हुने बुझिएको थियो । तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहमतिको लागि सकारात्मक नदेखिएको कारण आज सहमति नभएको क्षेत्रीको आरोप छ ।
क्षेत्रीले डा. केसीको जीवन रक्षाको लागि भोलिबाट नै निर्णायक आन्दोलन सुरु गर्ने घोषणा गरिसकेका छन् । र, यसबाट उत्पन्न हुने सम्पूर्ण असहज परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाई छ । वार्ता बिना निश्कर्ष सकिएपछि सिंहदरबारबाट निस्किने बेलामा पत्रकारहरुसँग कुरा गर्दै डा. क्षेत्रीले सरकारी पक्षले छलछामपूर्वक अनिश्चितकालसम्म वार्ता लम्ब्याएर सत्याग्रहरत डा। केसीको ज्यान गम्भी जोखिममा परोस भन्न चाहेको आफूहरुको निश्कर्ष सुनाए ।
PHOTO BY: Mukuda Kalikote/ReportersNepal




प्रतिक्रिया