Logo

भोलि बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित्



काठमाडौं, २४ असोज । भोलि असोज २५ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँको निधनमा तीन दिन शोक मनाइने भएकाले भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । प्रसाइँको निधनमा पार्टीले केन्द्रीय कायालय र ७७ जिल्लाकै पार्टी कार्यालय बन्द गर्नेदेखि आधा झन्डा झुकाउने कार्यक्रम तय गरेको छ ।

यसअघि, १९ गते बस्ने तय भएको बैठक केन्द्रीय सदस्यलगायत ६० जनाभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै स्थगित गरिएको थियो । पुनः केही दिनअघि १५० जनाभन्दा बढीमा गरिएको कोरोना परीक्षणमा सातजनामा संक्रमण पुष्टि भएको सानेपा स्रोतले जानकारी दिएको छ । सचिवालयका कर्मचारीहरुमा कोरोना देखिएपछि पुनः बैठक अनिश्चित बनेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्