घरमा काम गर्ने सहयोगीमा कोरोना देखिएपछि पौडेल ‘आइसोलेसन’मा


काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल घरमा काम गर्ने सहयोगीमा कोरोना देखिएपछि ‘आइसोलेसन’मा बसेका छन् । उनको सचिवालयले जनाएअनुसार उनी घरमै आईसोलेशनमा छन् । पौडेल आईसोलेशनमा बसेकोले पनि पार्टीको केन्द्रीय समितिको बैठकको मिति अनिश्चित बनेको छ । मुख्यसचिव पौडेलकाअनुसार शीर्ष नेतृत्वबीच छलफलपश्चात् मिति तय गरिने भएको छ । FILE PHOTO/ReportersNepal