काठमाडौं, २४ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनदेखि पार्टी एकताका बाँकी कार्यभार पूरा गर्नेबारे छलफल भएको बुझिएको छ ।
पछिल्लो समय अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठनको बारेमा छलफल तथा परामर्श भैरहेको छ । तर, ठोस सहमति भएको छैन् । प्रधानमन्त्री ओलीले दशैंअघि मन्त्रिमण्डल पूनर्गठन नगर्ने सोच बनाएका छन् । तर, दाहाल लगायत वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालपनि दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन गर्नुपर्ने पक्षमा उभिएका छन् । स्रोतकाअनुसार अहिले खाली रहेका मन्त्रालयमामा मात्रै नेतृत्व ल्याउने प्रधानमन्त्रीको चाहना छ । अर्थमा विष्णु पौडेल, शहरी विकासमा सुरेन्द्र पाण्डे र सञ्चारमा जनार्दन शर्माको नाम चर्चामा छ । File Photo




प्रतिक्रिया