बेलझुण्डी अस्पतालमा एक सङ्क्रमितको मृत्यु


अर्घाखाँची, २४ असोज। दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीका अनुसार रुपन्देहीको तिलोतमा नगरपालिका वडा नं ३ निवासी ६६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा असोज २२ गते कोरोना पोजेटिभ देखिएकी उहाँलाई बुटवलमा आइसीयू खाली नभएपछि उपचारका लागि शुक्रबार दाङ ल्याइएको थियो । मृतक महिलालाई लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको छ ।-रासस