Logo

पोल्यान्डकी किशोरी स्वेटेकलाई फ्रेन्च ओपनको उपाधि



एजेन्सी, २४ असोज । फ्रेन्च ओपन टेनिसको उपाधि पोल्यान्डकी किशोरी इगा स्वेटेकले जितेकी छिन् । आज भएको खेलमा उनले अमेरिकाका चौंथो वरियताकी सोफिया केनिनलाई पराजित गरी उपाधि जितेकी हुन् ।

इगाले ६-४ र ६-१ को सोझो सेटमा जित हात पारेकी हुन् । उपाधिका दाबेदार हस्ती खेलाडीहरुलाई पराजित गर्दै इगाले शुरु देखि नै धेरैलाई आश्चर्यचकित पारेकी थिइन् । प्रतियोगितामा उनी वरियताविहिन थिइन् ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्