Logo

डा. गोविन्द केेसी र सरकारबीच ८ बुँदे सम्झौतामा हस्ताक्षर



असोज २५, काठमाण्डडौ । डा. गोविन्द केसी र सरकारबीच त्रिवि शिक्षण अस्पतालमा ८ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनाली र डा. केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । १९ औं पटक अनशन बसेको २७ औं दिनको दिन सहमति भएको हो ।

सहमति भएसँगै डा. केसीले आइतबार विहान अनशन तोड्ने भएका छन् । बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

 

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो भने डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्य वार्ता टोली बनेको थियो ।

चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै डा. केसी १९ औं पटक अनशन बसेका थिए । ८ बुँदे सहमतिमामध्ये छ बुँदा डाक्टर केसीको मागका विषय रहेका छन् । ७ नम्बर बुँदामा सहमति कार्यान्वयनको विषय छ भन८  नम्बर बुँदामा अनशन तोड्ने विषय छन् । मागलाई सरकारले कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्ने हुन्छ ।

यस्तो छ सहमतिपत्र :



प्रतिक्रिया दिनुहोस्