Logo

डा. केसीको घोषणा : ‘अब बाबुरामले चुनाव जित्दैनन्, चितवनका जनता जिउँदा हुन भने प्रचण्डले कसरी चुनाव जित्छन् ?’



काठमाडौं, २५ असोज । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको गम्भीर आरोप लगाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा कांग्रेसको विकल्प कम्युनिष्ट नै भएको उनको भनाई छ । डा. केसीले अब पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कहिल्यैपनि चुनाव नजित्ने ठोकुवा गरे । र, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि जनताले हराउने उनको जिकिर गरे । उनले भने,‘अब नेपाली जनता जिउँदा छन् भने प्रचण्डले कसरी चुनाव जित्ने ? मृत्तक हुन चितवनका जनता भने जित्छन् । अब चितवनका जनताको परीक्षण हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्