Logo

राप्रपामा ४ सय केन्द्रीय सदस्य थपिएपछि ७ सय २७ को जम्बो केन्द्रीय कार्यसमिति (सुचीसहित)



काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीमा चार सय केन्द्रीय सदस्य थपिएका छन् । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले आज एकैपटक चार सय केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन् ।

यसअघि ३ सय २७ जना केन्द्रीय सदस्य रहेको राप्रपामा अब ७ सय २७ जना केन्द्रीय सदस्य भएका छन् । राप्रपा र राप्रपा संयुक्तको एकीकरणपछि यो दोस्रो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो ।

यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति गत फागुनमा विस्तार भएको हो । एकीकरणपछि समायोजनका लागि यति धेरै केन्द्रीय सदस्य मनोनित गरिएको बुझिएको छ ।

राप्रपा नेता मोहन श्रेष्ठले अध्यक्षत्रयको सहमतिमा केन्द्रीय कार्यसमितिले पूर्णता पाएको र छिट्टै अन्य पदहरुमा पनि मनोनयन हुने जानकारी दिए । पार्टीको प्रदेश प्रमुखलगायत पदको टुंगो लाग्न बाँकी छ । श्रेष्ठका अनुसार प्रदेश प्रमुख र कार्यसम्पादन समिति विस्तार लगायत सबै पदहरुमा मनोनयनका लागि छलफल जारी रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्