Logo

प्रहरीलाई दुई सय दिन खोज्दा…



काठमाडौं, २५ असोज । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा ब्रिज किशोर साह पक्राउ परेका छन् । काठमाडौकों ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा घर भई हाल ललितपुर बस्ने साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्र भित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले उक्त घुस नगदसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्