Logo

अमिताभ बच्चनको आज ७८ औं जन्मदिन



एजेन्सी, २५ असोज । बलिउड बादशाह अमिताभ बच्चनले आज ७८ औं जन्मदिन मनाइरहेका छन् । उनलाई आजको विशेष दिनमा विश्वभरबाट शुभकामना तथा बधाईको ओइरो लागेको छ । आफूलाई शुभकामना दिनेलाई अमिताभले पनि सबैलाई धन्यवाद दिएका छन् ।

अमिताभले सामाजिक सञ्जालमार्फत आफ्नो हात जोडेको तस्वीर सेयर गर्दै फरक–फरक भाषामा धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘तपाईँको उदारता र माया नै सबैभन्दा ठुलो उपहार हो । यो भन्दा धेरै केही मागन सक्दिन् ।’

बलिउड महानायक वच्चनको फ्यानसँग धेरै गहिरो नाता छ । उनी कोरोना पोजेटिभ हुँदा पनि चाडै निको होस् भनेर फ्यानहरुले प्राथना गरेका थिए । हाल अमिताभले कौन बनेगा करोडपति १२ मा होस्टको काम गरिरहेका छन् । उनी पछिल्लो पटक ‘गुलाबो सिताबो’ फिल्ममा देखिएका थिए । अब उनलाई चेहेरा र ब्रहास्त्र जस्ता ठुला फिल्ममा देख्न पाइने छ ।



प्रतिक्रिया दिनुहोस्