Logo

हेलमेट लगाएर काम गर्ने यी कर्मचारी



एक तस्वीरले हजारौ शब्द बोल्छन् । यी तस्वीरले पनि यस्तै केही बयान गरिरहेको छ । जहाँ सरकारी कर्मचारीहरु काम गर्दा पनि हेलमेट लगाइरहेका छन् । यी मानिसहरुलाई थाहा छ की यो सरकारी कार्यालयमा जतिबेला जे पनि हुन सक्छ ।

यो तस्वीर बिहारको पश्चिम चम्पारणको एक सरकारी कार्यालयको हो । अरेराज प्रखण्डमा स्थित भुमि रेकर्ड विभागका कर्मचारीले दैनिक हेलमेट लगाएर आउने र काम गर्छन् । बाहिरबाट यसो हेर्दा लाग्छ अन्य मानिसलाइृ हेलमेट लगाउन सन्देश दिएको जस्तो । तर त्यो नभएर उनीहरुले आफ्नो सुरक्षाको लागि लगाएका हुन् ।

उक्त कार्यालयको ढोका फुटेको छ । छतको हालत जति बेला पनि भत्किन सक्छ । वर्षामा छतबाट पानी चुहिन्छ । ढोकाबाट काम गर्ने कोठामा पानी पस्ने भएकोले काम गर्न मुस्किल पर्छ । कति मानिस यो समस्यामा परिसकेका छन् । कार्यालयको यस्तो नाजुक अवस्थामा आफ्नो ज्यान हत्केलामा राखेर काम गरिरहेका छन् र सुरक्षाको लागि दैनिक हेलमेट लगाउने गर्छन् ।

उक्त कार्यालयमा आउने मानिसहरु पनि आफ्नो सुरक्षाको लागि हेलमेट लगाएर आउने गर्छन् । यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्