Logo

त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)



काठमाडौं, २६ असोज । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो ।

विश्वविद्यालयले ६ असोजको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीनको कार्यालयले संचालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा सरकारले परीक्षा संचालन गर्न दिने भएपछि नयाँ निर्णय गरेको हो ।

अब त्रिविको स्थगित स्नातक र स्तानकोत्तर तहको परीक्षा २०७७ साल मंसिर महिनाको तेस्रो साता पछि संचालन गरिने सूचनामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्