Logo

कुकुरले शिवको मन्दिर परिक्रमा गरेपछि हेर्नेको भिड



जनावर निकै वफादार हुन्छन् भन्ने कुरा धेरै सुनिएको छ । कुकुर पहिलो यस्तो जनावर हो जसलाई मानिसले घरमा पाले । कुकर वफादार पनि हुन्छन् । मानिसको साथै कुकुर यस्तो जीव हो, आँखा देखेर मानिसको हाउभाउबाट नै पहिचान गर्न सक्छन् ।

तर हामीले आज एक यस्तो कुकुरको बारेमा बताउन लागेका छौ, जसले लगातार भोक भोकै मन्दिरको परिक्रमा गरिरहेको छ । कुकुरले गरेको शिवको भक्ति देखेर मानिसहरु दंग परिरहेका छन् ।

कालो रंगको कुकुर अमलाखर गाउँको शिव मन्दिरको वरिपरि घुमिरहन्छ । मानिसहरुलाई जिज्ञासा लाग्यो र उसको कारण खोज्न थाले । उक्त शिव मन्दिर बान्दा जिल्लाको मुख्यालयभन्दा ७० किमी टाढा अमलोखर गाउँमा छ । यो कुकुर एक हप्तादेखि भोकै मन्दिरको परिक्रमा गरिरहेको छ ।

यो मन्दिर कुकुरले परिक्रमा गरेकै कारण निकै चर्चामा छ । भोकै भोकै मन्दिर परिक्रमा गरेको देखेर कुकुरलाई मानिसहरुले खाना, दुध र पानी दिए तर खानामा ध्यान नै नदिएर कुकुर परिक्रमा मात्र गरिरह्यो । कतै ध्यान दिएन् ।

कुकुरको शिव भक्ति देखेर मानिसहरु आश्चर्य चकित भएका छन् । गाउँका मानिसहरुले कुकुर हरेक साझबाट मन्दिर घुमेर रातको ११ बजेसम्म ५, ६ घन्टा घुम्ने गर्छ । बिहान एकपटक मन्दिरको परिक्रमा गर्छ । तर दिउँसोमा भने बीचबीचमा आराम गर्दै परिक्रमा गर्छ ।

कुकुरले मन्दिर घुमेको सुनेर टाढा टाढाबाट हेर्न आउनेको भिड लागेको छ । तर भिडलाई देखेर न त कुकुर भुक्छ नत भाग्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्