Logo

एशियाली शेयर बजारमा चीनकाे दबदबा, एशियाली शेयर दुई वर्षकै उच्च बिन्दुमा



एजेन्सी २६ असोज। चिनीयाँ शेयरले सोमबार एशियाली शेयर बजारको नेतृत्व गरेको छ । लगानीकर्ताद्धारा विश्वको दोस्रो ठूलो अर्थव्यवस्थामा सुधारको अपेक्षासँगै एशियाली शेयर बजारमा सुधार देखिएको हो ।

सोमबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक ०.८ प्रतिशतले बढेर साढे २ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । जबकि चीनको ब्लूचिप्स इन्डेक्स २ प्रतिशतले बढेको छ ।

यसैगरी हङकङको हाङसेङ सूचकमा १.५ प्रतिशतको बढोत्तरी देखिएको छ । यता जापानको निक्केई सूचक भने ०.३ प्रतिशतले घटेको छ । लगानीकर्ताहरु कर्पाेरेट आयका बारेमा चिन्तित भएसँगै यसको प्रत्यक्ष असर जापानको शेयर बजारमा देखिएको हो ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्