Logo

बन्द उद्योग सञ्चालनमा नआएसम्म मधेशमा समृद्धि आउंदैन– नेता भट्टराई



वीरगंज, २६ असोज । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबूराम भट्टराईले बन्द उद्योगहरु सञ्चालनमा नल्याएसम्म मधेसमा समृद्धि नआउने बताएका छन् । आज पर्साको पटेर्वासुगौली गाउँपालिकाको महुवन र औराहामा जसपाले आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
उनले प्रधानमन्त्रीले समृद्धिको कुरा गरेको जनतालाई भ्रमित गरेको आरोप लगाए । उनले अधिकार सम्पन्न लोकपाल विधेयकको पक्षमा जनता समाजवादी पार्टी रहेको बताए । कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपामा सम्पूर्ण समुदायका व्यक्ति रहेकोले आगामी चुनावमा जनताले सहयोग गरे सरकार बनाउने बताए । उनले स्थानीइ सरकार अधिकारविहीन रहेकोले अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले सङ्घ सरकारले प्रदेश सरकारलाई पङ्गु बनाएको आरोप लगाए । उनले सूचकाङ्कमा कर्णाली प्रदेशभन्दा प्रदेश २ तल रहेको बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए । गापा अध्यक्ष्F प्रदीप जैसवालको सभापतित्वमा भएको कार्यक्रममा राजेन्द्र श्रेष्ठ, सांसद प्रदीप यादव, हरिनारायण रौनियार, प्रह्लाद गिरी, मन्जुर अन्सारी, सिंहासन साह कलवार, भीमा यादव, करीमा बेगमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्