Logo

सबै अस्पतालमा संक्रमित भरिएपछि प्रसुतीगृहमा गर्भवती र सुत्केरीको बिचल्ली



असोज २६, काठमाण्डौ । कोरोना संक्रमणले स्वास्थ्य क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । यसको एउटा उदाहरण हो काठमाण्डौको थापाथलीस्थित परोपराकर प्रसुति गृह । अन्य अस्पतालले गर्भवती तथा सुत्केरी महिलाको उपचार नगराएपछि प्रसुति गृहमा चाप बढेको छ । एकातिर महिलाहरुले राम्रो सेवा पाएका छैनन् भने अस्पतालमा जनशक्तिदेखि बेडसम्म अभाव चुलिएको छ ।

अन्य विरामीको जस्तै गर्भअवस्थामा जोखिम उच्च रहन्छ । तर जोखिम मोलेरै टाढा टाढा बाट अस्पताल आउने गरेका छन् । अझै विडम्वना त के छ भने उपत्यकाकै ठुलाठुला अस्पतालहरुले समन्वय नगरी धमाधम रिफर गर्दा प्रसूतिगृहमा गर्भवतीको भिड लाग्न थालेको छ । यहाँ देशका विभिन्न जिल्लाहरुबाट दैनिक हजारौको संख्यामा बिरामी उपचारका लागि आउने गर्छन् । प्रसूतिसम्बन्धी सबै सेवा न्यून शुल्कमा पाइने भएकाले उपचारका लागि आउने गरेको विरामीका आफन्त बताउँछन् ।

अन्य अस्पतालहरुमा नियमित चेकजाच गराएका विरामीहरु समेत कोरेनाको जोखिमका कारण अस्पतालमा जानै छाडेका छन् । त केही अस्पतालहरुले नियमित गराएको चेकजाँच नै बन्द गर्दा बाध्य भएर थापाथली पुग्ने गरेको कतिपय विरामी बताउँछन् ।

विरामीहरुको भिडभाडका कारण अस्पतालमा पुगेका विरामीहरुले उपचारसेवा प्रभावकारी पाउन सकेका छैन्न । एकातिर कोरेनाको जोखिम भएको कारण डराइडराई अस्पतालमा जानु परेको छ त एकातिर अस्पतालमा समयमा उपचार नपाउदा विरामीले सास्ति झेल्नु परेको छ ।

गर्भवती तथा सुत्केरीको संख्या बढेपछि प्रसूतिगृहलाई व्यवस्थापनमा मात्रै होइन, सेवा प्रवाहमा समेत कठिनाइ भएको अस्पतालकी निर्देशक डा संगिता कौशल मिश्रको भनाई छ । प्रसूतिगृहमा बेड पनि अभावका साथै जनसतिmको समेत अभाव हुन थालेको उनको भनाई छ ।

प्रसूतिगृहमा अहिले दैनिक पाँच सयजनाले ओपिडी सेवा लिँदै आएका छन । अस्पतालका अनुसार अहिले पनि दैनिक ६० देखि ७० जना सुत्केरी भइरहेका छन । लकडाउन पश्चात केही समय विरामीको संख्यामा केही कम भए पनि अन्य अस्पतालले हेर्न छाडेपछि चाप बढेको हो ।

अस्पतालका अनुसार साउनमा ओपिडीमा ४ हजार जनाले सेवा लिएकोमा भदौमा त्यसको संख्या बढेर ९ हजार को हाराहारीमा पुगेको थियो । त्यस्तै, असोज २५ गतेसम्म पनि ओपिडिमा मात्रै ३ हजार तीन सय भन्दा बढीले सेवा लिसकेका छन् । यो समयमा सामान्य रूपमा सुत्केरी हुनेको संख्या पनि बढेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम