Logo

छोरा विदेश, बुहारी शहर पसे बुढाबुढीले सकेनन् जमिन बाँझै



बागलुङ, २७ असोज । जिल्ला बाहिरबाट बार्षिक रुपमा खाद्यन्न आयत हुने बागलुङमा १४ हजार ६५५ हेक्टर खेती योग्य जमिन बाँझो रहेको छ । जिल्लाको एक लाख ८२ हजार ७ सय ६६ हेक्टर जमिन मध्ये ४६ हजार १ सय ४८ हेक्टर जमिनमा खाद्यन्न उत्पादन गर्न सकिने भए तापनि अहिले ३० हजार ५ सय ३ हेक्टर जमिनमा मात्र खाद्यन्न उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।

कृषि प्रसार अधिकृत विश्वास काफ्लेका अनुसार जिल्लामा एक हजार २० हेक्टर जमिन प्लटिङ्ग, ९ हजार ९८० खोला तथा चट्टान र ९८ हजार ४६ हेक्टर जमिनको क्षेत्रफल वन जंगलले ढाकेकोको छ । कृषि उत्पादन क्षेत्रमा सिंचाई अभाव, बसाइँसराई तथा युवा विदेश पलायन हुँदा कृषि जनशक्तिको अभावले जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । कृषि प्रसार अधिकृत काफ्लेका अनुसार युवा बैदेशिक रोजगारीमा जाने र कृषि क्षेत्रमा ज्येष्ठ नागरिक खटिनु पर्ने बाध्यताले खाद्यन्न उत्पादनमा कमी आएको हो ।

युवा रोजगारीको शिलशिलामा विदेश जाने र गाउँमा रहेका बुहारीहरु पनि शहर पस्ने चलन बढ्दो रहेको उल्लेख गर्दै कृषि प्रसार अधिकृत काफ्ले युवा विदेश जाँदा गाउँमा रहेका ज्येष्ठ नागरिकहरुले काम गर्न नसक्नुले जमिन बाँझो रहन पुगेको बताउनुभयो । खाद्यन्न उत्पादन घट्नुुमा जमिन बाँझो मात्र नभएर सिचाँईको कमी पनि रहेको छ । बागलुङमा उत्पादन दिने जमिन मध्ये पाँच हजार ९७४ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ भने २४ हजार ५२९ हेक्टर जमिनमा सिंचाई पुग्न सकेको छैन ।

बागलुङ पहाडी जिल्ला भएको र खाद्यन्न उत्पादन जमिन डाँडामा रहेको र सिचाईको लागि पानी तल हुने गरेका कारण सिचाई नपुगेको काफ्लेको भनाई छ । सिंचाईको लागि खोलाको पानी खाद्यन्न उत्पादित हुने जमिनसम्म पु¥याउनस्रोत साधनको कमी रहेको जानकारी दिदै उहाँले स्रोत साधन नहुनाले नै आवश्यकता अनुसार सिचाई गर्न नसकिएको बताउनुभयो ।
संघीय संरचना अनुरुप कृषि सेवा केन्द्र खारेज भए पछि स्थानीय तहबाट बाँझो जमिनको तथ्याङक अद्यवधिमा समस्या भएको छ । जिल्लामा बाँझो जमिन अझै थप हुन सक्ने काफ्लेको भनाई रहेको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्