Logo

एस्फोडेल पब्लिक स्कुलद्वारा १५० परिवारलाई राहत वितरण (फोटोफिचर)



काठमाडौं, २७ असोज । कोरोना महामारीका कारण समस्यामा परेका १५० परिवारलाई राहत वितरण गरिएको छ । एस्फोडेल पब्लिक स्कुल (गोश्वारा मार्ग, कालिकास्थान) ले समस्यामा परेका १५० परिवारलाई आज विहान राहत वितरण गरेको हो ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्न पर्ने मजदुर तथा विपन्न समूदायका मानिसलाई राहत वितरण गरिएको एस्फोडेल पब्लिक स्कूलका प्रिन्सिपल वीरेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूलाई प्रति परिवार १० के.जी चामल, २ के.जी दाल, १ के.जी चिनी, २ के.जी मस्यौरा, २ के.जी चिउरा, १ लिटर तेल, १ के.जी चना, एउटा स्यानिटाईजर, एउटा साबुन, ४ थान मास्क, १ प्याकेट नुन वितरण गरिएको हो ।

विद्यार्थी र अभिभावकको पहिलो रोजाई एस्फोडेल पब्लिक स्कुल

दैनिक ज्यालादारी गर्ने मजदुर, तरकारी बेचेर खाने, मकै पोलेर खाने, मजदुरी गर्नेहरूलाई २९ नम्बर वडा कार्यालयसँग समन्वय गरेर राहत वितरण गरिएको प्रिन्सिपल वीरेन्द्र श्रेष्ठले बताए । काठमाडौँ महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकालको उपस्थितिमा राहत वितरण गरिएको हो ।

वास्तबमै समस्यामा परेका मजदुर र विपन्न समूदायलाई वडा कार्यालयसँग समन्वय गरेर गरिएको राहत वितरणले दशैँको मुखमा केही भएपनि सहयोग पुगेको प्रिन्सिपल श्रेष्ठले विश्वास व्यक्त गरे । साथै, प्रिन्सिपल श्रेष्ठले भोलि पूरानो बसपार्कमा निःशुल्क भोजन गराईरहेको समूहसँग मिलेर विपन्न परिवारहरूलाई एक दिन खाना खुवाउने कार्यक्रम राखिएको पनि जानकारी दिए ।

राहत वितरण कार्यक्रममा वडाध्यक्ष ढकालले एस्फोडेल पब्लिक स्कुलका प्रिन्सिपल श्रेष्ठको पहलमा भएको राहत वितरणले दशैँको मुखमा समस्यामा परेका ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका विपन्न परिवारलाई सानो भए पनि राहत पुगेको जनाए । उक्त राहत सामग्री अमेरिकाको रोटरीयन्स एण्ड फ्रेन्डस्को सहयोगमा वितरण गरिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्