Logo

अहिलेको व्यवस्थाको पक्ष र विपक्षमा प्याकुरेल र न्यौपानेबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, २७ असोज । नेकपाका नेता तथा सांसद सुमन प्याकुरेल र बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेबीच सरकारको पक्ष र विपक्षमा चर्काचर्की भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्याकुरेल र न्यौपानेबीच चर्काचर्की परेको हो । बरिष्ठ अधिवक्ता न्यौपानेले नेपालमा संघीयता अभिषाप भएको दाबी गरे । नेपालमा २०७२ सालमा जारी भएको नयाँ संविधानले देशलाई के दियो ? भन्दै उनले प्रश्न गरे । उनले नेपालमा १२ बुँदे सम्झौताबाट सुरु भएका संरचना (अहिलेको व्यवस्था, संविधान, नेताहरु) सबै असफल भएको दाबी गरे । सांसद प्याकुरेल र अधिवक्ता न्यौपानेसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्