काठमाडौं, २७ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद सुमन प्याकुरेलले पूर्व प्रधानमन्त्री तथा जसपा नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा भ्रष्टाचार भएको र यसमा ओली, दाहाल र देउवाको संलग्नता रहेको भनेर लगाएको गम्भीर आरोप पुष्टि गर्न चूनौति दिएका छन् ।
हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका छन्,‘उहाँको बोलीमा साँच्चिकै भर छ भने, र साँच्चिकै मर्द हो भने उहाँले प्रमाणित गर्नुपर्छ । प्रमाण दिनुहोस न त । कुनैबेलामा एशियाको सबैभन्दा भ्रष्ट महिला भनेर उहाँको स्वास्नी हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री हुँदा। त्यसले गर्दा उहाँको अहिलेको घर, उहाँको बसाई, उहाँको आलिसनतालाई पनि हेर्नुपर्यो नि ।”




प्रतिक्रिया