Logo

मुख्यमन्त्री शाहीद्वारा पार्टीको सचेतकमा कुर्मराज शाही नियुक्त



काठमाडौं, २७ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । शाही कालिकोटबाट निर्वाचित हुन् । हिजोमात्रै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर उनको ठाउँमा सीता नेपालीलाई ल्याएका थिए ।

नेपाली पहिले सचेतकको जिम्मेवारीमा थिईन् । आइतबार नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री शाहीलाई वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरुले साथ दिने सहमति भएको छ । मुख्यमन्त्री शाहीले नेपाल समूहका सांसदलाई मन्त्री बनाउनेगरि आजै मन्त्रिमण्डल पूनर्गठनको तयारी समेत गरेका छन् । Photo Source: Kurmaraj Shahi

 



प्रतिक्रिया दिनुहोस्