Logo

कर्णालीमा प्रचण्ड-माधव पक्षको गठबन्धनपछि ओलीलाई धक्का



काठमाडौं, २७ असोज । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रको विवाद कर्णाली प्रदेशमा पुगेको छ । उक्त प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै बहुमत प्रदेशसभा सांसदबाट दर्ता भएको अविश्वासको प्रस्ताव विफल बनाउन नाटकीय एकता भएको छ । प्रचण्ड र माधव नेपाल पक्षधरबीचको एकतापछि ओली पक्ष एक्लिएको छ ।

ओली पक्षका यमलाल कँडेलसहित बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मन्त्रिमण्डल पुर्नगठन गरेर शाहीले सत्ता सुरक्षित गर्ने भएका छन् । केन्द्रमा प्रचण्ड र माधव नेपालबीचको सहमतिले कर्णालीमा सिधा प्रभाव देखिएको छ । यसले बालुवाटारमा तरंग आएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्ड र माधव नेपाल पुनः एकजुट भएका छन् । उक्त समूहमा झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी पाँचजना सचिवालय सदस्यहरु छन् । ओलीविरुद्ध यो समूहले पुनः घेराबन्दी गरेको छ । यसको असर नेकपाको तल्लो इकाईसम्म देखिन थालेको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्