Logo

अजय देवगनले किन गरेका छैनन् सुर्टिङ



एजेन्सी, २७ असोज । अक्षय कुमारले सुर्टिङ गरिरहेका छन् । हाल उनी फिल्म ‘पृथ्वीराज’ को सुट गरिरहेका छन् । अमिर खानले ‘लाल सिंह चट्टा’को काम सुरु गरेका छन् । सलमान खान पनि राधे राधे र बिग बोसको सेटमा फर्किसकेका छन् । तर अजय देवगनको बारेमा कुनै खबर आएको छैन् ।

अजयसँग जोडिएको एक सुत्रअनुसार कोविड–१९ले उत्पन्न भएका परिस्थिति र वातावरण सुरक्षित भएपछि मात्र सुर्टिङ सुरु गर्ने भएका छन् । अजयले हाल घरबाट काम गरिरहेका छन् । समाचार एजेन्सीका अनुसार उनले हाल एक स्क्रिप्ट पनि लेख्दै छन् । जसको निर्देशन आफै गर्ने भएका छन् । आफ्नै प्रोडक्सन हाउसले केही फिल्मको निर्माण गर्ने योजना पनि बनाइरहेका छन् ।

अजयको हातमा यो समयमा भुज, मैदान, कैथीका रिमेक, चाणक्य र थैक गाड जस्ता फिल्म छन्, जसमा काम अजयले अलग–अलग स्तरमा गर्नेछन् । अजयले तिहारपछि मात्र सुर्टिङ सुरु गर्ने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्