Logo

आश्चर्य लाग्दा पति पत्नी, अदालतका न्यायाधीश नै दंग



पति–पत्नीसँग जोडिएको गजबको मामला अदालतमा आएको छ । यस विषयलाई लिएर उच्च न्यायालयका न्यायाधिस पनि आश्चर्यमा परेका छन् । वास्तवमा एक पति र पत्नीले एक अर्काको विरुद्ध ६७ पटक मुद्दा दर्ता गराइसकेका छन् ।

भारतीय मुलका अमेरिकी नागरिकले आफ्नो पत्नीको विरुद्ध ५८ पटक मुद्दा दर्ता गराएपछि पत्नीले पनि उनको जवाफमा ९ पटक दर्ता गरेकी हुन् । यी मध्ये धेरैमा घरेलु हिंसा, बच्चालाई हिरासतमा राख्ने र दाइजो उत्पीडन जस्ता विषय छन् ।

सर्वोच्च अदालतमा ६७ मुद्दा पुग्दा न्यायाधिस कुरियन जोसफ र आर भानुमति आश्चर्यमा परे । यस पटक ८ वर्षका बच्चालाई कस्टडी लगाएर अदालत पुगेका थिए । न्यायाधीशहरुले आफ्नो पूरा जीवनमा पति र पत्नीले एक अर्काको विरुद्धमा यति धेरै सख्यामा मुद्दा दिएको पहिलो पटक देखेको बताए ।

गौरतलबका यी दम्पत्तीको विवाह २००२ मा भएको थियो । विवाह पछि दुवैजना अमेरिका गएका थिए । २००९ मा बच्चाको जन्म भएपछि उनीहरुबीच झगडा सुरु भएको थियो । झगडा सुरु भएपछि एक अर्काको विरुद्ध मुद्दा हाल्दै आएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्